नियम १३
प्याकिङ्ग बट्टाभित्र इन्सर्ट पूर्जा राख्ने

(१) कुनै औषधि उत्पादनको सिलसिलामा औषधि उत्पादन गर्ने व्यक्तिले औषधि राखिएको भाँडोको सुरक्षाको लागि सो भाँडो कुनै प्याकिङ्ग बट्टाभित्र राख्न सक्नेछ र सो भाँडो प्याकिङ्ग बट्टाभित्र राख्दा त्यस्तो भाँडोको साथसाथै इन्सर्ट पूर्जा पनि राख्न सक्नेछ ।

(२) उपनियम (१) बमोजिम प्याकि· बट्टाभित्र राखिएको इन्सर्ट पूर्जामा त्यस्तो भाँडोमा राखिएको औषधिका सम्बन्धमा नेपाली वा अंग्रेजी वा नेपाली र अंग्रेजी दुवै वा नेपाल सरकारबाट स्वीकृत अन्य कुनै भाषामा विस्तृत रूपमा उल्लेख गरी अनुसूची–६ बमोजिमका कुराहरू रहने छन् ।